धनुषामा पोखरीमा डुबेर एकैपटक ५ बालिकाकाले ज्यान गयो



काठमाडौं । धनुषाको मुखियारपट्टि मुसहरनिया ६ लक्ष्मणपुरका पाँच बालिकाको एकैपटक पोखरीम डुबेर ज्यान गएको छ । शुक्रबार दिउँसो पोखरीमा नुहाउन गएका उनिहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउँसो करिब १२ बजेको घर नजिकैको पोखरीमा उनिहरु नुहाउन गएको परिवारले जनाएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चाँदनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिता रहेक छन् ।