म्यान्मारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जना पक्राउ



काठमाडौं । सेनाले सत्ता लिएपछि लोकतन्त्र मासेको भन्दै विरोध भइरहेको म्यान्मारमा थप ६३८ जनालाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । विरोध प्रदर्शनमा उत्रिएका उनिहरुलाई आतंकवादी सम्बन्धी ऐन अनुसार उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

पक्राउ परेका मध्ये ४९ जनालाई आगजनी र ६१ जनालाई हत्या सम्बन्धी अभियोग लगाइएको छ भने २५६ जनालाई सुरक्षा व्यवस्थामा खलल पुर्याएको तथा विस्फोटन गराएको र २७२ जनालाई आतंकवादी क्रियाकलाप गरेको अभियोग लगाइएको छ ।

म्यानमारमा गत फेब्रअरी १ देखि संकटकाल लागु गरिएको छ भने नागरिक आन्दोलन पनि भइरहेको छ ।

म्यानमारको सेनाले लोकतन्त्रवादी नेतृ आङसाङ सूकीसहित सरकारको नेतृत्वमा रहेका तथा दलको नेतृत्व गरेका विभिन्न नेताहरुलाई नियन्त्रमा लिएर सत्ता हातमा लिएको छ ।