दाङमा गोली चल्यो, घटनामा संलग्न युवक पक्राउ



काठमाडौं । दाङको तुल्सीपुरमा एक युवाले गोली चलाएका छन् । तुल्सीपुरमा कुलोको विषयमा भएको विवादमा तुल्सीपुर उपमहानगरपालिका–८ का पूर्णबहादुर वलीले गोली चलाएका हुन् ।

उनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनिसंग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ । वलीले चलाएको गोली भने कसैलाई नलागेको प्रहरीले जनाएको छ ।