गण्डकीका साँसद थापालाई प्रदेशसभाले फेरी पदमुक्त गर्यो



काठमाडौं । राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन् । गण्डकीको शुक्रबारको प्रदेशसभा बैठकमा उनलाई पदमुक्त भएको जानकारी गराइएको हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत मागेका बेला भएको मतदानमा बिहीबार थापा तटस्थ बसेका थिए । पार्टीले मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न भनेपनि उनी तटस्थ बसेकाले राष्ट्रिय जनमोर्चाले पदबाट हटाएको हो ।

यसअघि पार्टी निर्देशन नमानेको भन्दै सांसद पदबाट हटाइएको थापालाई गत आइतबार सर्वोच्च अदालतले पुर्नबहाली गरिदिएको थियो ।