बाढीले बगाउँदा दैलेखमा एकजना बेपत्ता



काठमाडौं । बाढीले बगाउँदा दैलेखमा एकजना बेपत्ता भएका छन्। अविरल बर्षाका कारण स्थानीय परिगार्ड खोलामा आएको बाढीले बगाएर भैरवी गाउँपालिका–२ का ५० वर्षीय केशर बहादुर थापा वेपत्ता भएका हुन् ।

उनी धानको ब्याड राखी घर फर्किदै गरेका थिए ।दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार घटना भएको खबरपछि प्रहरी टोली घटनास्थलमा पुगेर केशरको खोजी कार्य भइरहेको छ ।