प्रदर्शनको तयारी गरिरहेका नागरिक अगुवाहरु वालुवाटारबाट पक्राउ



काठमाडौं । सत्ता निकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शन गर्न गएका बृहत नागरिक आन्दोलनका अगुवाहरु पक्राउ परेका छन् ।

पक्राउन पर्नेमा नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेती रहेका छन् । उनीहरु बालुवाटार अगाडि प्रदर्शन गर्न गएका थिए । प्रदर्शनको तयारी गरिरहेकै बेला उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।