नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने



काठमाडौं । नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको छ ।विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार केही वर्षा बढ्न थालेको र आगामी साताबाट भने ठाउँठाउँमा भारी वर्षासमेत हुने छ । देशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ अर्थात् आगामी आइतबार हो । अक्टोबर २ मा बाहिरिनेछ । सरदर वर्षाको आँकडा विश्लेषण गरेर मनसुनको मिति तय गरिने भए पनि कहिले कार्हीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने हुनसक्छ ।