एमाले एकताका लागि बिना दाउपेच जेठ २ नै मिलनविन्दु : रिजाल



काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले एमालेको एकताका लागि बिना दाउपेच जेठ २ नै मिलनविन्दु भएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमा उलने अदालतबाट एमालेको समस्या समाधान नहुने बताउदै अदालतले यसको पार नलगाउने तर्क गरेका हुन् ।

उनले लेखेका छन् ‘फेरि भन्छु, राजनीतिक समस्याको समाधान कानुनी बाटोबाट खोजेर गन्तव्यमा पुगिन्न। नेकपा (एमाले) भित्रको समस्या राजनीतिक हो र यसको निकास राजनीतिक रुपमा खोज्नुपर्छ। निकास खोज्न जति ढिलो हुन्छ, थप पराजय, थप बेइज्जत र थप भुक्तमान भोग्नुबाहेक अरु विकल्प के छ र’ ?