नयाँ सरकार बनाउन विपक्षी गठबन्धनलाई मनाङेले सहयोग गर्ने



काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे) पदमुक्त भएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङेलाई पदमुक्त गरिएको पत्र प्रदेशप्रमुखलाई पठाएका छन् ।

मन्त्री भएर पनि उनले मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा अनुपस्थित रहेका थिए । तर मनाङेले भने आफूले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले नयाँ सरकार बनाउन विपक्षी गठबन्धनलाई सहयोग गर्ने बताएका छन्।