सञ्चारमन्त्री थापालाई सरकारको प्रवक्ताको पनि जिम्मेवारी



काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ । आजै सञ्चारमन्त्रीमा नियुक्त भएकी थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।