गण्डकीका मुख्यमन्त्री गरुङ पदमुक्त, नया सरकार गठनको बाटो खुल्यो



काठमाडौं । मुख्यमन्त्री कायम रहन विश्वासको मत मागेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् ।

प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । तर उनको पक्षमा २७ मत र विपक्षमा ३० मत खसेपछि उनि पदमुक्त भएका हुन् ।

मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे ।

नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका छन् ।

अब संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।