२४ घण्टामा ३७४९ जना संक्रमित, ५२९३ संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३७४९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ७१४ पुगेको छ ।

सोही अवधीमा ५२९३ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ५९ जनाको मृत्यु भएको छ । यो संगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ ।