बैतडीको पञ्चेश्वरमा बाढीले एक दर्जन घरमा क्षति



काठमाडौं । बैतडीमा बढीले एक दर्जन घरमा क्षति पुर्याएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलस्थित बस्खेतमा खहरे खोलामा आएको बाढीले एक दर्जन घरमा क्षति पुर्याएको स्थानीयवासी भोजराज भट्टले जानकारी दिए ।

उनका अनुसार गएरातिदेखिको भारी वर्षाका कारण बिहीबार बिहान आएको बाढीले घरमा क्षति पु¥याएको हो । उनले माथि डोजरले खनेको सडकको माटो बगेर बस्ती पसेको र अहिलेपनि बस्ती जोखिममा रहेको बताए ।