झापाको बी एण्ड सीलाई सम्बन्धन दिन लागको भन्दै प्रदर्शन



काठमाडौं । सरकारले झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै प्रदर्शन गरिएको छ । सोलिडारिटी फर डा. गोविन्द केसीको आह्वानमा काठमाडौंमा विरोध प्रदर्शन भएको हो ।

पर्दशनमा सहभागी युवाहरुले ‘चोरबाटोबाट सम्बन्धन दिने काम बन्द गर्न माग गरेका छन् । साथै कानुन मिच्न पाइँदैन, चिकित्सा शिक्षा आयोगमाथिको हस्तक्षेप बन्द गर’ जस्ता प्लेकार्ड बोकेर पर्दशन गरेका हुन् ।

प्रदर्शनकारीले प्रधानमन्त्री ओलीले आफू र आफ्ना आसेपासेको कालो धनको लगानीबाट स्थापित निजी संस्थाहरुको दूषित स्वार्थपूर्तिका खातिर कानुन बनाउने, राज्य कब्जा गर्ने र राज्यका संस्थाको चरम दुूरुपयोग गर्ने कार्य गर्दै आएको आरोप लगाएका छन् । प्रदर्शनमा उत्रिएका ६ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।