भाषा पास गरी कोरिया जान नपाएका श्रमिकको अभियान ट्वीटरको ट्रेन्डिङमा



काठमाडौं । भाषा पास गरेपनि कोरिया जान नपाएकाहरुले सरकारको ध्यानाकर्षण गराउने जुक्ती निकालेका छन् । उनिहरुले सामाजिक संजाल ट्वीटरमा ‘जस्टिस फर ईपीएस पासर’ ह्यास ट्याग अभियान चलाएका छन् ।

जुन ट्वीटरको ट्रेन्डिङमा परेको छ । उनीहरुले ३वगकतष्अभँयचभ्एक्उबककभचक लाई मंगलबार नेपालको ट्वीटर ट्रेन्डिङको एक नम्बरमा ल्याएका छन् । अहिलेसम्म यो अभियानमा करिब २६ हजार बढी ट्वीट भइसकेका छन् ।

सरकारले उचित पहल नगर्दा अन्य देशबाट कोरियाले कामदार लिइसक्दा पनि नेपालबाट नलगेको भन्दै सरकारको ध्यानाकर्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली र उनका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई ‘मेन्सन’ गर्दै ट्वीटरमार्फत ‘जस्टिस फर ईपीएस पासर’ अभियान चलाएका हुन् ।