एटिएम मेशिन तोडफोड गर्ने एकजना पक्राउ



काठमाडौं । काठमाडौंमा एटिएम मेशिन तोडफोड गर्दैगर्दा एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–५ भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा डडेलधुरा सेतीबेशी गाउँपालिका–४ घर भएका २१ वर्षीय दिनेश क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनलाई चोरीमा प्रयोग हुने औजार सहित पक्राउ गरेको जनाएको छ ।