गण्डकीका साँसद थापाको पुनरावलोकन मुद्दा चुडाल र प्रधानको इजलासमा



काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पक्षमा भएको सर्बोच्चको निर्णय विरुद्ध परेको पुनरावलोकन मुद्धाको सुुनुवाई न्यायाधीश कुमार चुडाल र सपना प्रधान मल्लको इजलासमा हुने भएको छ ।

थापालाई पार्टीले गरेको कारबाही सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोकिदिएपछि सो रिटको पुनरावलोकन निवेदन परेको छ ।

मंगलबार न्यायाधीश चुडालको एकल इजलासले सांसद थापालाई पदमुक्त गर्ने प्रदेश सभाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । राष्ट्रिय जनमोर्चाले बुधबार पुनरावलोकन निवेदन दर्ता गराएको थियो ।