प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद विस्तार गर्दै, सम्भावित मन्त्रीहरु यि हुन्



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका मन्त्रालयमा मन्त्री नियुक्ती गर्ने तयारी गरेका छन् । उनले  मन्त्रीपरिषद विस्तार गर्न लागेका हुन् । आफूसँगै राखेका सात वटा मन्त्रालयमा ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

नयाँ मन्त्रीमण्डल विस्तार हुँदा खगराज अधिकारी गृह मन्त्री, नारदमुनि राना, वन तथा वातावरण मन्त्री, गणेश पहाडी, सामान्य प्रशासन मन्त्री, राजकिशोर यादव, उद्योग मन्त्री र नैनकला थापा, सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्दै छन् ।

त्यस्तै ज्वालाकुमारी साह, कृषि मन्त्री, मोहन बानियाँ, विनाविभागीय र आशा विक, वन राज्यमन्त्री बन्ने पक्का भएको जनाइएको छ । उनीहरुको आजै अपरान्ह ४ बजे शपथग्रहणको तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि जसपाका १० मन्त्रीलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले आफूसँग राखेका मन्त्रालयमा मन्त्री थप्न लागेका हुन् ।