अर्घाखाँचीमा जिप दुर्घटना, चालकको मृत्यु



काठमाडौं । अर्घाखाँचीमा बिहीबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ तारिकेमा लु १ च ६१६८ नम्बरको जिप दुर्घटना हुँदा जीपका चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

ढिकुराबाट डिभर्नातर्फ जाँदै गरेको जीप बिहीबार बिहान ९ बजेतिर दुर्घटनामा परेको हो । जीप सडकबाट करिब ५० मिटर तल खसेको तर जिपमा चालक मात्रै दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।