सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज ल्याइदै



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आउने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि नीति तथा कार्यक्रम ल्याउने भएको हो ।

आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । बजेट ल्याउनुभन्दा १५ दिनअगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानूनी व्यवस्था भए पनि यस वर्ष केही ढिलो भएको छ ।