राष्ट्रपति र प्रधानमन्त्रीबीच २ घण्टा भेटवार्ता, के भयो कुराकानी ?



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शितल निवासमा करिव २ घण्टा भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न गयराती साढे ७ बजेतिर शितल निवास पुगेका प्रधानमन्त्री करिब १० बजे बाहिरिएका थिए।

संसद विघटन गर्नु पर्नाका कारणसहित ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चले आदेश माग गरेलपछि ओली राष्ट्रपतिलाई भेट्न गएका हुन् । उनीबीच अदालतलाई दिने जवाफका सम्बन्धमा छलफल भएको बताइएको छ ।