प्रदेश २ मा कांग्रेसका तीन मन्त्रीले लिए सपथ



काठमाडौं । प्रदेश २ मा काँग्रेसबाट मन्त्री बनेका ३ मन्त्रीले सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरु राम सरोज यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मालाई खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र विरेन्द्रप्रसाद सिंहलाई महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरिएको छ ।

उनिहरुलाई गएरातिनै प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनीयताको शपथ गराए । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसाल्ई लिएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । उनले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हनु्।