कर्णाली प्रदेशसभामा आजपनि विपक्षीको अवरोध



काठमाडौं । कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठक बुधबार पनि विपक्षीको अवरोध पछि स्थगित भएको छ । गत २४ गतेदेखी सुरु भएको प्रदेशसभाको आठौ अधिवेशनको पहिलो दिनमै विपक्षी दलका साँसदले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई सरकारले पदमुक्त गर्नुपर्ने माग गरी संसद अवरुद्ध गरेका थिए ।

हालसम्म पनि सरकारले मन्त्री थापालाई पदमुक्त नगेपछि विपक्षीले लगातार संसद अवरुद्ध गर्दै आएका छन् । विपक्षीले कीर्ते जालसाजीसम्बन्धी फौजदारी अभियोग प्रमाणित भइसकेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई सरकारले पदमुक्त गर्नुपर्ने माग राखेको छ ।