प्रदेश १ ले आफे खोप खरिद गर्ने, केन्द्रसंग अनुमति माग



काठमाडौं । प्रदेश १ सरकारले आफै खोप गर्ने भएको छ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले खोप खरिदका लागि अनुमति दिन संघीय सरकारलाई आग्रह गरेकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको भर्चुअल बैठकमा मन्त्री राईले कोरोनाविरुद्धको खोप खरिदका लागि अनुमति दिए तत्काल प्रक्रिया अघि बढाउने बताइन् ।

कोरोनाको तेस्रो लहर शुरु हुने विज्ञहरुले बताइरहेकाले चाँडो खोप लगाउनुपर्ने उनको भनाई थियो । प्रदेश १ का दुर्गम स्थानमा कोरोना संक्रमण फैलिंदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको भन्दै उनले खोप नहुँदा काम गर्न ढिलो भएको बताइन् ।