सभामुखले प्रधानमन्त्री, पुर्वप्रधानमन्त्रीसहित शीर्ष नेतासंग छलफल गर्दै



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन् । बुधबार पत्र लेखी हालको समसामयिक विषयमा छलफलका लागी बोलाएका हुन् ।

सभामुखले प्रधानमन्त्रीसहित नेताहरुलाई पत्र लेखी समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै जेठ २८ गते संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बोलाएका हुन् ।