तोकिएकै समयमा महामिवेशन गर्ने देउवाको दावी



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाटीको महाधिवेशन तोकिएकै समयमा हुने दावी गरेका छन् । सभापति देउवाले बुधबार एक वक्तव्य जारी गरी देउवाले महाधिवेशन गर्न आफू पूर्ण प्रतिवद्ध रहेको भन्दै भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

काँग्रेसको महाधिवेशन आउँदो भदौका लागी तोकिएको छ । जारी विज्ञप्तिमा पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान भएको र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफुले राम्ररी बुझेको उल्लेख गरेका छन् ।

कांग्रेसमा आउँदो भदौमा तोकिएको महाधिवेशन हुने कि नहुने भन्ने अन्योल भइरहेका बेला देउवाले जसरी पनि महाधिवेशन गर्ने प्रतिवद्धता जनाएका हुन् । असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै पूर्व तयारी सकेर निर्धारित समयमा नै महाधिवेशन गर्ने उनले बताएका छन् ।