प्रदेश २ सरकारमा कांग्रेसका ३ मन्त्रीले आजै शपथ लिने



काठमाडौं । प्रदेश २ को मन्त्रिपरिषद् विस्तार हुँदै छ । नेपाली कांग्रेसले ३ मन्त्रालय पाएपछि सरकारमा सहभागी हुने भएको हो । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेपाली कांग्रेसबीच बुधबार सहमति भएपछि कांग्रेस सरकारमा सहभागी हुँदै छ ।
काँग्रेसले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय लिने गरी कांग्रेस सरकारमा हुन लागेको हो ।
कांग्रेसबाट संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा जाने भएका छन् । यादवले भौतिक पूर्वाधार, शर्माले ऊर्जा र सिंहले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सत्ता पक्षका वार्ता समिति सदस्य भूमि, व्यवस्था तथा कृषि मन्त्री शैलेन्द्र साहले जानकारी दिए । तीनै जना मन्त्रीले बुधबार नै सपथ लिनेछन् ।