बुधबार नेप्से दोहोरो अंकले घट्यो



काठमाडौं । दिनभर देखिएको तीव्र उतारचढाव पछि बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेर १३ दशमलव ५६ अंकले घटेर २ हजार ९ सय ४६ दशमलव ५८ अंकमा झरेको छ ।

क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८३ अंकले घटेको छ । दिनभर भएका १ लाख ५५ हजार २३९ कारोबारबाट २२१ कम्पनीका ३ करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँ पुगेको छ ।