२४ घण्टामा ४३४४ संक्रमित थपिए, ५७६८ संक्रमणमुक्त, ८१ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा ५७६८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणपछि संक्रमणमुक्त हुनेको सङ्ख्या पाँच लाख १० हजार दुई सय ९८ पुगेको छ।त्यस्तै संक्रणका कारण ८१ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार १ सय ७९ पुगेको छ ।