राष्ट्रपतिले दुरासय राखेर बहुमत हुँदाहुँदै सरकार बनाउनुभएन : बरिष्ठ अधिवक्ता यादभ



काठमाडौं । काँग्रेस सभापति शेर बहादुर देउवाको बहुमत हुँदाहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार निर्माण नगरेको अधिवक्ता महादेव यादभले बताएका छन् । उनले राष्टपतिले प्रतिनिधिसभा विघटन गर्ने दुरासय राखेर देउवाको बहुमत हुँदाहुँदै पनि सरकार गठन नगरेको आरोप लगाए ।

प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १ सय ४६ सांसदको निवेदनको पक्षमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार बहस गर्दै वरिष्ठ अधिवक्ता यादवले बहुमत सदस्यले हस्ताक्षर दिएपछि राष्ट्रपतिले सरकार गठनको निर्णय लिनुपर्नेमा त्यसो नगरी दुराशय राखेको यादवको भनाइ राखे । उनले ती हस्ताक्षरबारे प्रतिनिधिसभामै निर्णय हुनुपर्ने तर्क राखेका थिए ।

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका १ सय ४९ सांसदको हस्ताक्षर हुँदा पनि सरकार गठन नगरेको वरिष्ठ अधिवक्ता यादवको भनाइ थियो । उनले प्रतिनिधिसभा विघटनका लागि नै यस्तो गरिएको तर्क गरेका हुन् ।उनले संविधानले यो अधिकार राष्ट्रपतिलाई नदिएको बताएका छन् । संविधानको धारा ७७ अनुसार प्रधानमन्त्री रिक्त भएको अवस्थामा दाबी केपी शर्मा ओलीले मात्र गर्न पाउने हो ? भन्ने प्रश्ना गरे ।