झापामा करेन्ट लागेर एक बालकको मृत्यु



काठमाडौं । झापामा आफ्नै घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुँदा ३ वर्षिय बालकको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका १० स्थित ठुटेबर निवासी डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश गुरुङको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका बालकलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन सामुदायिक हस्पिटल लगिएको थियो, तर अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।