गण्डकीका सांसद थापाको पुर्नवहाली रोक्न सर्बोच्चमा पुनरावलोकन रिट



काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको पुनर्बहाली गर्ने सर्वोच्चको निर्णय विरुद्ध पुनरावलोकन गर्न माग गर्दै रिट दर्ता भएको छ ।

यसअघी उनको पार्टी जनमोर्चाले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै उनलाई कारवाही गरेको थियो । थापाले आफ्नो सांसद पद निरन्तरताको लागी सर्बोच्चमा रिट दायर गरेपछि न्यायाधीश कुमार चुडालको एकल इजलासले उनलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।

पुनरावलोकन निवेदनमा पुनर्बहालीको अन्तिम आदेश नआउँदासम्म निस्क्रिय राख्न माग गरिएको छ । यसमाथि सुनुवाइका लागि भोली बिहीबार पेशी तोकिएको छ ।

प्रदेशसभा सचिवालयका तर्फबाट सभामुख नेत्रनाथ अधिकारी र जनमोर्चा संसदीय दल गण्डकी प्रदेशका तर्फबाट नेता पियारी थापाले पुनरावलोकनको निवेदन दिएका हुन् ।