नवनिर्वाचित राष्ट्रियसभा सदस्य पाण्डेद्वारा शपथग्रहण



काठमाडौं । नवनिर्बाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । लुम्बिनी प्रदेशअन्तर्गत रिक्त सदस्यमा निर्वाचित पाण्डेलाई सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

गत जेठ १७ गते भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका पाण्डेले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए ।

पाण्डे एमाले प्रदेशसभा सांसद पदबाट राजीनामा दिएर विपक्षी गठबन्धनबाट राष्ट्रियसभामा उम्मेदवार बनेका हुन् । खड्काले माओवादी छाडेर एमाले प्रवेश गरेका कारण कारबाहीपछि राष्ट्रियसभा सदस्य पद रिक्त भएको थियो। त्यसपछि खड्कालेपनि फेरी उम्मेदवारी दिएका थिए तर उनि पराजित भए ।