प्रतिनिधिसभा विघटन सम्वन्धी मुद्धा सुनुवाईका लागी पुरानै इजलासलाई निरन्तरता



काठमाडौं । प्रतिनिधिसभा विघटन सम्वन्धी मुद्धाको पुरानै संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ । यसअघी दुई न्यायाधिसले इजलासको सुरुवातमै आफ्नो राय राख्ने र त्यसपछि उनिहरुको रायअनुसार इजलास बस्ने भनिएको थियो ।

तर आजको इजलास सुरु हुने वित्तिकै प्रधानन्यायाधिस चोलेन्द्रशमशेर जबराले आइतबारकै इजलाई निरन्तरता दिने जानकारी गराएको थिए । अब संवैधानिक इजलासबाट सरकारी वकिलले प्रश्न उठाएका दुई न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की नहट्ने भएका हु्न् ।

यससँगै प्रतिनिधिसभा विघटनविरुद्धको शेर बहादुर देउवा लगायतको रिट निवेदनमा बहस शुरु भएको छ । निवेदकको तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई आधा घण्टाको समय दिइएको छ ।