फिफा विश्वको छनोटमा ब्राजिलको लगातार छैटौं जित



एजेन्सी । फिफा विश्वको छनोटमा ब्राजिलले लगातार छैटौं जित निकाल्न सफल भएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार पाराग्वेलाई २–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

छनोटमा यो ब्राजिलको लगातार छैटौं जित हो । ब्राजिलको जितमा नेयमार र लुकास पाक्वेटाले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा गाब्रियल जिससको पासमा नेयमारले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा नेयमारको पासमा लुकासले गोल गर्दै ब्राजिललाई २–० को जित दिलाए । ब्राजिल ६ खेलमा १८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ । पाराग्वे भने ६ खेलमा ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।