प्रतिनिधिसभा विघटन सम्वन्धी मुद्धाको पेशी आज



काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन सम्वन्धी मुद्धाको पेशी आजको लागी तोकिएको छ । यसअघी इजलासमा रहेका न्यायाधिसको विषयमा प्रश्न उठेपछि आइतबार हेर्दाहेर्दैमा राखिएको थियो तर प्रधानन्यायाधिस चोलेन्द्रशमशेर जवरा विरामी परेपछि २ दिन इजलास बस्न सकेन ।

दुई न्यायाधिसको विषयमा प्रश्न उठाइएकाले आजको इजलासको सुरुमै ति न्याधिसले आफ्नो राय दिनेछन् । इजलासको शुरुमा आज न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले इजलासमा बस्ने या नबस्ने बारे राय दिने भएका हुन् ।

त्यसबारे दुवै न्यायाधीशले आजको इजलासमा आफ्नो राय दिएपछि रिटमाथिको सुनुवाई बल्ल अगाडि बढ्ने छ । जेठ १८ मा कार्की र भट्टराई रायसहित इजलासबाट बाहिरिएको हुनाले उनीहरुले विघटनको मुद्दा हेर्न नमिल्ने सरकार पक्षका कानुन व्यवसायीको जिकिर छ ।

जेठ २३ मा दिनभर संवैधानिक इजलासबाट दुई न्यायाधीश इजलासबाट बाहेक हुनु पर्ने वा नपर्ने भन्नेबारे बहस भएको थियो । इजलास गठनबारे प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बरिष्ठताका आधारमा इजलास गठन गरेका हुन् ।

तर, बरिष्ठताका आधारमा गठन गरिएको इजलासबारे पनि सरकारी पक्षले असन्तुष्टि जनाएपछि सर्वोच्च अदालत थप विवादमा रुमलिएको छ ।