कर्णाली प्रदेशसभा बैठक आजपनि बस्ने



काठमाडौं । विपक्षि दलका साँसदहरुले अवरुद्ध गर्दै आएको कर्णाली प्रदेश सभा बैठक आजपनि बोलाइएको छ । बैठक बुधबार दिउँसो २ बजेक लागि बोलाइएको हो ।

मन्त्री अम्मरबहादुर थापालाई पदमुक्त गनुृपर्ने माग गर्दै बजेट अधिवेशन सुरु भएपछि सोमबार र मंगलबारको बैठक विपक्षी दलले चल्न नदिएका हुन् । उनिहरुले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई प्रदेश सभाबाट ननिकालेसम्म बैठक चल्न नदिने चेतावनी समेत दिएका छन् ।

दुई पटकसम्म स्थगित भएको बैठक खुलाउने विषयमा सरकार पक्ष र प्रतिपक्षबीच मंगलबार वार्ता भएपनि सहमती जुट्न सकेन । एमाले संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग लागेका थापालाई प्रदेश सरकारले मन्त्री बनाएको भन्दै त्यसको विरोध गरेका थिए ।