सुदुरपश्चिममा कोरोनाबाट २४ घण्टमा शुन्य मृत्यु



काठमाडौं । सुदुरपश्चिम प्रदेशमा कोरोना महामारीको दोस्रो लहर फैलिएयता पहिलोपटक कोरोनाले हुने मृत्युदर शुन्यमा झरेको छ । सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएयता दुई महिनामा पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाउन परेन । प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१ सङ्क्रमितको मृत्यु भएको थियो ।

यो अवधिमा एक हजार ५२१ नमूना परीक्षण गरिएकोमा २९३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । योसँगै यो प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४१ हजार ८६९ पुगेको छ ।

२४ घण्टामा संक्रमणमुक्त हुनेको सङ्ख्या ४३६ जना रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयलका अनुसार प्रदेशका विभिन्न अस्पतालमा आज भेन्टिलेटरमा चार, सघन उपचार कक्षमा आठ र कोभिड वार्डमा १४ जना बिरामी भर्ना भएका छन् ।