बागमती प्रदेशको आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत



काठमाडौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम स्वीकृत भएको छ । मंगलबार प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागी नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद्बाट स्विकृत नीति तथा कार्यक्रम आगामी जेठ २७ गते प्रदेशसभामा पेश गरीनेछ ।

आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले कोरोना नियन्त्रण, उपचार र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट ल्याउने तयारी गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।