कोरोना उपचारमा लिइने शुल्कको अनुगमन गर्न वाणिज्यलाई स्वास्थ्य मन्त्रालयको निर्देशन



काठमाडौं । कोरोना संक्रमितको उपचारमा लाग्ने शुल्कको अनुगमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । हाल कोरोना उपचार गरिरहेका अस्पतालहरुले विरामीबाट चर्को शुल्क लिइरहेको गुनासो आएको भन्दै कोरोना उपचारमा तोकिए भन्दा बढी शुल्क लिएको बारे अनुगमन गरेर कारबाही गर्न मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको हो ।

सामान्य अवस्थाका कोभिड बिरामीका लागि दैनिक तीन हजार पाँच सय, मध्यमका लागि सात हजार र गम्भीर बिरामीका लागी १५ हजार रुपैयाँ सरकारको तोकेको र यदी बिरामीले आफैले उपचार खर्च व्यहोर्ने हो भने तोकिएको शुल्कमा अस्पतालले अधिकतम् ५० प्रतिशत मात्रै शुल्क थप गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साथै सबै सरकारी अस्पताल र स्वास्थ्य मन्त्रालयसँग सेवा सम्झौता गरी सेवा प्रदान गर्न सूची सार्वजनिक भएका अस्पतालको अनुगमन गर्न पनि स्वास्थ्य मन्त्रालयले वाणिज्यलाई निर्देशन दिएको छ ।