कालिकोटमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुग्यो



काठमाडौं । विद्युत समस्या भोग्दै आएको कालिकोट जिल्लामा राष्ट्रिय विद्युत् प्रसारण लाइन जोडिएको छ । कर्णाली प्रदेशको कालिकोट जिल्लामा पहिलो पट्क सोमबार रातिदेखि राष्ट्रिय विद्युत प्रसारण लाइन जोडिएको हो ।

दैलेखको दुल्लुबाट ११ केभी विद्युत् लाइन विस्तार भएसँगै कालिकोट राष्ट्रिय विद्युत् प्रसारणमा जोडिएको हो । कालिकोट वितरण केन्द्रका प्रमुख मेकराज जोशीले तत्काललाई ११ केभीए मात्रै लाइन प्रसारण भइरहेको र एक हप्ताभित्र ३३ केभीए प्रसारण पु¥याउने तयारीका लागि ३३ केभीए विद्युत् पु¥याउन दैलेख–दुल्लु खण्डमा काम जारी रहेको जानकारी दिए ।

राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेसँगै कालिकोटमा लोडसेडिङ कम हुनुका साथै उपभोक्तालाई राहत मिल्ने भएको छ । यसअघि कालिकोटको मान्म बजार क्षेत्र र आसपासमा जेनेरेटरबाट विद्युत् वितरण गरिँदै आइएको थियो ।

गत वर्षसम्म कालिकोटमा पोतमारा जलविद्युत केन्द्रबाट विद्युत् वितरण हुँदै आएकोमा पावरहाउस बाढीले बगाइदिएपछि मान्ममा विद्युत् समस्या रहेको थियो । हाल कालिकोटमा ३८ सयभन्दा बढी ग्राहक छन् ।