पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिए, १०८ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा पीसीआर विधिबाट कूल संक्रमितको संख्या ५ लाख ९५ हजार ३६४ जना पुगेको छ भने एन्टिजेन विधिबाट हालसम्म १५ हजार ९४४ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार ५७० जना संक्रमणमुक्त भएका छन् । योसंगै हालसम्म ५ लाख ४ हजार ५३० जना संक्रमणमुक्त भइसकेका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ । त्यस्तै २४ घण्टमा कोरोना संक्रमणबाट थप १०८ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म संक्रमणबाट ८ हजार ९८ जनको मृत्यु भइसकेको छ ।