विपक्षि साँसदद्वारा प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध, स्थानीय तहलाई पठाइएको शसर्त बजेटमा मनपरी गरेको आरोप



काठमाडौं । विपक्षि दलका सांसादहरुले प्रदेशसभा बैठक अवरोध गरेका छन् । स्थानीय तहलाई प्रदेश सरकारले पठाएको शसर्त बजेटमा मनपरी गरेको आरोप लगाउँदै नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन्।

विपक्षी सांसदहरुले प्रदेशसभा बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोल्दै प्रदेशसभामा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान लिएपछि सभामुख सरोज कुमार यादवले प्रदेशसभा बैठक एक घण्टाका लागि स्थगित गरेका छन् ।
उनिहरुले बजेट संशोधन नभए सम्म प्रदेशसभा चल्न नदिने बताएका छन् ।

उनिहरुले प्रदेश सरकारको यो काममा आपत्ति जनाँउदै प्रदेश सांसदले दिएको योजनालाई रद्दीको टोकरीमा फ्याँकेर सरकारले आफ्नो पार्टीका नेता पाल्ने योजना स्थानीय तहमा पठाएको आरोप लगाएका छन् ।

प्रदेशसभाको आको बैठकमा विनियोजन विधेयक, २०७८ को सिद्धान्त, उद्देश्य, प्राथमिकता तथा प्रमुख नीति सम्बन्धमा छलफल’ गरी छलफलमा उठेको प्रश्नको आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले जवाफ दिने कार्यसूची रहेको छ ।