संसद पुर्नस्थापना हुने प्रचण्डको दाबी



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्बोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने दावी गरेका छन् ।

उनले अदालतले संविधानसम्मत काम गर्ने भन्दै असंवैधनिक तवरले गरिएको प्रतिनिधिसभा विघटन सर्बोच्चले पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले गत पुस ५ गते भएको संसद विघटन सर्वोच्च अदालतबाट पुनस्र्थापित भएको स्मरण गर्दै त्यो समयमा नेपाली काँग्रेसले धुलमुले व्यवहार देखाएकोमा हाल काँग्रेस, एमालेको खनाल–नेपाल समुह, जसपाको यादभ समुह र जनमोर्चा पनि संगै रहेकोले थप दवाव पर्ने बताए ।