गण्डकीका मुख्यमन्त्री गुरुङले २७ गते विश्वासको मत लिने प्रस्ताव दर्ता



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि विश्वासको मत लिने प्रस्ताव प्रदेश संसद सचिवालयमा दर्ता भएको छ । मुख्यमन्त्री गुरुङले २७ गते विश्वासको मत लिन प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका हुन् ।

विश्वासको मत लिनुभन्दा २ दिनअघि संसद सचिवालयमा जानकारी दिनुपर्ने प्रावधान छ । वैशाख २७ गते संसदमा अविश्वासको प्रस्तावमाथि मतदान हुनुभन्दा अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका थिए ।

त्यसपछि सरकार गठनका लागी प्रदेशप्रमुखले गरेको आह्वान पछि विपक्षिले गरेको दावी प्रदेशप्रमुखले अस्विकृत गरी प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट पुनः मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।