इलाममा जङ्गली च्याउ खाएर विरामी परेका दुईको मृत्यु



काठमाडौं । इलामको सन्दकपुरमा जंगली च्याउ खाएर विरामी परेका २ जनाको मृत्यु भएको छ । २२ गते शनिबार च्याउ खाएर बिरामी परेका ४ जना मध्ये सन्दकपुर गाँउपालिका–१ खोलाघारीका ५० वर्षीय टिका बहादुर राई र सोहि स्थानका ५२ वर्षीय जित बहादुर राईको मृत्यु भएको हो ।

झापाको बिएण्डसी अस्पतालमा उपचार भइरहेकोमा उनिहरुको मृत्यु भएको हो। च्याउ खादा इलाम नगरपालिका ३ पुवामझुवाका ३५ वर्षीय वीरमान राई उनकी श्रीमती ३२ वर्षीया बिष्णु कुमारी राई पनि विरामी छन् ।

उनिहरुको बिएण्डसी अस्पतालमै उपचार भैरहेको प्रहरले जनाएको छ ।