प्रतिनिधिसभन विघटन सम्वन्धि रिटको सुनुवाई बुधबार हुने



काठमाडौं । प्रतिनिधि विघटन सम्वन्धी मुद्धाको सुनुवाई बुधबारका लागी तोकिएको छ । आइतबार संवैधानिक इजलासमा हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबराको स्वास्थ्यमा समस्या देखिएको भन्दै सुनुवाई हुन सकेन ।

त्यसपछि सर्बोच्चले मंगलबार बुधबारका लागी सो मुद्धाको सुनुवाई संवैधानिक इजलासमा हुने सर्बोच्चले जानकारी दिएको छ । प्रतिनिधिसभा विघटन सम्वन्धि सर्बोच्चमा ३०वटा रिट दायर भएका छन् । जसको फैसलाको लागी प्रधानन्यायाधिस चोलेन्द्रशमशेरले संवैधानिक इजलास गठन गरी सुनुवाई सुरु गरिएको छ ।

तर इजलासमा चुनिएका दुई न्यायाधिसमाथि नै प्रश्न उठेपछि मुद्धाको विषमाय बहसनै हुन सकेको छैन । इजलासमा प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन् ।