संसद विघटन फिर्ता भए हस्ताक्षर स्वतः फिर्ता हुन्छ : नेता नेपाल



काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले संसद विघटन फिर्ता भए आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता हुने दावी गरेका छन् ।

अध्यक्ष ओलीले पार्टी एकताका लागी राखेको शर्तको उनले यस्तो जवाफ दिएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको स्थितिमा फर्काउन आफू तयार रहेको तर सर्वोच्च अदालतमा काग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए ।

जवाफमा नेता नेपालले उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम भएको बताएका छन् । ‘प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटन निर्णय फिर्ता भएमा यससम्बन्धी विवादको स्वतः निरुपण हुनेछ’ नेता नेपालको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिम भनिएको छ ।

प्रेस विज्ञप्ति