अनलाइन व्यापार र होम डेलिभरी नरोक्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । निषेधाज्ञाको समयमा अनलाइन व्यापार र होम डेलिभरी नरोक्न सर्वोच्चको अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले सोमबार अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको इ–कमर्शको सेवा प्रदान गर्ने कम्पनीहरुलाई सेवा प्रदान गर्ने काममा रोक नलगाउन आदेश दिएको हो।

निवेदकका तर्फबाट अधिवक्ताहरु सुभाष पाठक, आवेश अधिकारी, सागर पौडेल, कृष्ण पाल र रक्षा सिंह तथा विपक्षीतर्फबाट सहन्यायाधीवक्ता संजीवराज रेग्मीले बहसका गरेका थिए। निषेधाज्ञामा सरकारले अनलाइन सेवामा रोक लगाएपछि व्यवसायीहरु अदालत गएका थिए।