२४ घण्टामा ४४७२ संक्रमित थपिए, ६९५१ जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ४४७२ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधीमा ६९५१ जना संक्रमण मुक्त भएका छन् । हाल लगातार कोरोनाभाइरस संक्रमित भन्दा निको हुने दर धेरै रहेको छ । पछिल्लो समय कोरोना संक्रमित भन्दा निको हुने दर धेरै हुँदै आएकोमा सोमबार पनि संक्रमणमुक्त हुनेको संख्या धेरै छ ।
मन्त्रालयका अनुसार संक्रमणका कारण २४ घण्टामा ९२ जनाको मृत्यु भएको छ ।